चलचित्र ‘मैझारो’ कात्तिक ७ गते (भाइटीकाको भोलिपल्ट)  प्रदर्शन मा आउने

चलचित्र ‘मैझारो’ कात्तिक ७ गते (भाइटीकाको भोलिपल्ट)  प्रदर्शन मा आउने

चलचित्र ‘मैझारो’ को दुई वटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन  मिती पनि तय गरिएको छ । कलकार विल्सन विक्रम राईको लेखान तथा निर्देशन मा तयार  भएको चलचित्र  ‘मैझारो’ अब कात्तिक ७ गते (भाइटीकाको भोलिपल्ट)  प्रदर्शन मा आउने छ ।  

चलचित्र निर्माण टिमले बिहीबार सार्वजनिक गरेको दुई वटा पोस्टरमा  तीन मुख्य कलाकार धीरज मगर, मिरुना मगर र दीया पुन देखिएका छन् ।  एउटा पोस्टर मा चलचित्र का कलकार लाई  लिम्बू पहिरनमा देख्न सकिन्छ । भने अर्को पोस्टर  मा धीरज र मिरुनालाई प्रेमिल मुद्रामा प्रस्तुत गरिएको छ । 

‘मैझारो’मा धीरज, मिरुना र दीयासँगै  बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ लगायतको अभिनय रहेको छ । यसमा दयाहाङ राई विशेष भूमिकामा छन् । डिबी राई र सरिना लामा निर्माता रहेको यो चलचित्रमा सौरभ लामाको छायांकन तथा मित्र डि गुरुङको सम्पादन छ ।